सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय देवकी कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिको उम्मेदवार

लम्की /  नेपाली कांग्रेसकी महिला नेतृ देवकी कार्की नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा कैलाली जिल्ला क्षेत्र नं. २ बाट महिला (खस आर्य)तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छन्। लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी कार्कीले पार्टी संगठनसँगै विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्। महिला सहभागिता, समावेशी नेतृत्व र सामाजिक क्षेत्रमा सक्रिय काकीले आफ्नो राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टी संगठनमा थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी प्रस्तुत गरेको बताएकी छन्।

 

कार्कीको सामाजिक क्षेत्रको अनुभवसमेत लामो छ। उनले लम्की लेडी जेसीज, लायन्स क्लब लगायत विभिन्न संघसंस्थामा नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेकी छन्। विभिन्न सामाजिक संस्थामा नेतृत्व गर्दै उनले महिला सहभागिता, सामाजिक सेवा तथा सामुदायिक गतिविधिमा काम गरेको बताइन्छ। त्यस्तै, कार्की सामुदायिक रेडियो पश्चिम आवाजकी सञ्चालक समिति सदस्यका रूपमा समेत रहेर सामुदायिक सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन्।

 

सञ्चार, सामाजिक संस्था र राजनीतिक संगठनसँग जोडिएर काम गरेको अनुभवले उनको सार्वजनिक भूमिकालाई फराकिलो बनाएको देखिन्छ। नेपाली कांग्रेसको संगठनभित्र पनि काकीले विभिन्न जिम्मेवारी सम्हालिसकेकी छन्। उनी नेपाली कांग्रेस कैलालीको कोषाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन्। पार्टीको आर्थिक तथा सांगठनिक व्यवस्थापनसँग जोडिएको उक्त जिम्मेवारीले कांग्रेसको जिल्ला तहमा उनको संगठनात्मक अनुभवलाई थप विस्तार गरेको छ।

 

महिला नेतृका रूपमा पार्टी संगठनमा महिलाको सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउनुपर्ने धारणा काकीले राख्दै आएकी छन्। उनले महिला सशक्तीकरण, समावेशी नेतृत्व, सक्रिय सहभागिता र गतिशील पार्टी निर्माणलाई आफ्नो उम्मेदवारीका प्रमुख आधारका रूपमा प्रस्तुत गरेकी छन्। राजनीति र सामाजिक क्षेत्र दुवैमा सक्रिय रहँदै आएकी कार्कीको उम्मेदवारीले कैलाली क्षेत्र नं. २ मा महिला प्रतिनिधित्वको विषयलाई पनि चर्चामा ल्याएको छ।

 

विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वको अनुभव तथा कांग्रेस संगठनभित्रको जिम्मेवारी सम्हालेको अनुभवलाई उनले महाधिवेशन प्रतिनिधिको भूमिकामा उपयोग गर्ने बताएकी छन्। कैलाली जिल्ला क्षेत्र नं. २ बाट महिला (खस आर्य)तर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा कार्कीले आफ्नो राजनीतिक तथा सामाजिक यात्रालाई निरन्तरता दिँदै आगामी भूमिकाका लागि प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन्।

प्रतिकृया दिनुहोस