नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर २ को सभापतिमा इन्द्र बहादुर कूँवर निर्वाचित
लम्की / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलालीका विभिन्न क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय पदमा नेतृत्व चयन भएको छ।
कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर कुँवर विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद ढकाल, कृष्ण पाण्डे र ब्रिजेस रावललाई पछि पार्दै भारी मतसहित क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन्।
यस्तै, कैलाली क्षेत्र नं. २ को प्रदेशसभा (क) मा कमलबहादुर साउद र प्रदेशसभा (ख) मा हरिप्रसाद चौधरी प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
यसैगरी, कैलाली क्षेत्र नं. २ को क्षेत्रीय सचिव पदमा टेकराज कठायत निर्वाचित भएका छन्।
कैलाली क्षेत्र नं. २ मा हिजो सम्पन्न निर्वाचनको मतगणना भने जारी रहेको छ। प्राप्त जानकारीअनुसार अहिले महाधिवेशन प्रतिनिधि पदको मतगणना भइरहेको छ। बाँकी पदहरूको मतपरिणाम क्रमशः सार्वजनिक हुने जनाइएको छ।









प्रतिकृया दिनुहोस