किसान सहकारीको ३१औँ वार्षिकोत्सवमा मानवसेवा आश्रमलाई धनगढी शाखाद्धारा खाद्यान्न तथा फलफूल सहयोग
धनगढी / ‘समृद्धिका लागि समुदाय सँगसँगै’ भन्ने मूल नारासहित सञ्चालित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा धनगढी शाखाले धनगढीस्थित मानवसेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई खाद्यान्न र फलफूल सहयोग गरेको छ।
संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनगढी शाखाले आश्रममा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको हो।
सहयोग कार्यक्रममा धनगढी शाखा प्रमुख चक्रप्रसाद भण्डारी, चौमाला इलाका प्रमुख बमबहादुर सिजापती बडुवाल र मोतिचोक शाखा धनगढीका शाखा प्रमुख भरत विष्टको सहभागिता रहेको थियो। यसैगरी, वार्षिकोत्सवको अवसरमा धनगढी शाखामा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजक नृपबहादुर स्वारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा सहकारी संस्थाका सेयर सदस्य एवं ज्येष्ठ नागरिक प्रजापति भट्टरहनु भएको थियो । कार्यक्रममा धनगढी–गेटा समन्वय उपसमिति संयोजक सुन्दरिया कुमारी चौधरीलगायत सेयर सदस्यहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी संस्थाकी फिल्ड सहायक निर्मला विनाडीले गर्नुभएको थियो।
संस्थाले वार्षिकोत्सवलाई उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा समेत मनाउँदै आएको जनाएको छ।








प्रतिकृया दिनुहोस