कैलाली लगायत देशका विभिन्न ठाउँमा भारी पानी पर्ने सम्भावना, सचेत रहन आग्रह
लम्की / कैलाली लगायत देशका विभिन्न स्थानमा आज धेरै भारी पानी पर्ने सम्भावना रहेको छ। आज शनीबार दिउँसो र राति नै धेरै भारी पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको पानी सहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञानले बताएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी पानी पर्ने पूर्वानुमान गरिएको छ। कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी पानी पर्ने सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने बताएको छ। कोसी र मधेस प्रदेशमा साधारणतया बादल लाग्नेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको पानी पर्ने र हिमपातको समेत सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, वाग्मती प्रदेशको तराई भूभागका धेरै स्थानमा र मधेस प्रदेश तथा कोसी प्रदेसको तराई भूभागका केही स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ।
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी पानी पर्ने सम्भावना रहेको छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाइ छ।
देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासमा छ। यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यूनचापीय प्रणालीको रूपमा रहने सम्भावना रहेको विभागले बताएको छ।



.jpeg)






प्रतिकृया दिनुहोस