लम्कीचुहा नगरपालिकाका कार्यपालिका सदस्य उजिर सिंह सुनारको निधनमा शोक बिदा , विद्यालय समेत बन्द रहने

लम्की / लम्कीचुहा नगरपालिकाका नगर कार्यपालिका सदस्य उजिर सिंह सुनारको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ।

 

नगरपालिकाले भदौ २२ गते सोमबार आज एक दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाका साथै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा समेत शोक बिदा दिने जनाएको छ।

 

नगरपालिकाले हिजो भदौ २१ गते आईतबार जारी गरेको सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा शोक बिदा दिने उल्लेख गरेको थियो। तर, पछिल्लो निर्णयअनुसार नगर प्रमुख सुशीला शाहीको निर्देशनमा नगरअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा समेत शोक बिदा रहने लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत पंख बहादुर शाहले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनुभएको छ।

 

नगरपालिकाले दिवंगत सुनारको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस