लम्कीचुहा नगरपालीका द्धारा तीज कार्यक्रमको आयोजना
लम्की / भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज शुक्रबार कैलाली लगात देशैभर मनाइँदैछ ।
हरेक वर्ष झैं यस बर्ष पनी लम्कीचुहा नगरपालिकाले नारीहरुको महानचाड हरीतालीका तीजको अवसरमा लम्की बसपार्कमा भव्य तीज कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले महिलाहरुको अधिकार स्थापितका लागि आफु लागी रहेको बताउनु भयो ।
तीजलाई तडक भड्क रुपमा नबनाई सरल रुपमा मनाउन समेत सबैलाई आग्रह गर्नु भएको छ । हरितालिका तीजको आयोजनामा आज लम्कीचुहाको भल्का, मोतिपुर, बलिया, व्यवस्थीतनगर लगायतका बिभिन्न ठाउँमा तीज कार्यक्रम भईरहेका छन ।












प्रतिकृया दिनुहोस