लम्कीमा मंसिर ६ गते देखि १६ गतेसम्म लम्की महोत्सव २०८१ हुदै

लम्की / लम्कीमा लम्की महोत्सव २०८१ आयोजना गरीने भएको छ । लम्कीचुहा उद्योग बाणिज्य संघको आयोजनामा मंसिर ६ गते देखि १६ गतेसम्म लम्की महोत्सव २०८१ आयोजना गरिन लागिएको शनीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा बोल्दै लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईले महोत्सव सबै व्यापारीको उत्सव भएकाले महोत्समा सहयोगका लागि अपिल समेत गर्नु भएको छ । समुन्नत लम्कीचुहाको आधा, कृषि, पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ आयोजना गरीन लागिएको महोत्सवमा थारुगाँउ, मगरगाउँ मुख्य आकर्षकको रुपमा रहने बताइएको छ ।

 

 लम्कीचुहा उद्योग वाणिज्य संघले स्थानीय र बाह्य व्यापारिक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै, नयाँ बजार खोज्न र यस क्षेत्रका पर्यटकीय क्षेत्रहरूको पहिचान गराउन लम्की महोत्सव २०८१“ को आयोजना गरीएको जनाइएको छ । महोत्सवले लम्कीचुहाको आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षलाई उजागर गर्दै समृद्धिको बाटोमा नगरपालिका सहितका क्षेत्रलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने लम्कीचुहा उद्योग वाणिज्य संघको विश्वास लिएको महोत्सव मुल आयेजक समितिका संयोजक तथा लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईले जानकारी दिनु भएको छ ।

 

लम्कीचुहा उद्योग बाण्ज्यि संघले महोत्सव आयोजना बाट तपशिलका लक्ष्य र उद्देश्य समेत लिएको छः

१. स्थानीय व्यापारको प्रवर्द्धनः
  लम्कीचुहा महोत्सव तथा व्यापार मेला २०८१ को मुख्य उद्देश्य भनेको महोत्सवका माध्यामबाट स्थानीय उत्पादन, सेवा र उद्योगहरूको प्रवर्द्धन गर्नु हो । यस महोत्सवमा स्थानीय उद्यमीहरू, कृषकहरू, हस्तकला निर्माता र अन्य व्यापारिक प्रतिष्ठानहरूले आफ्नो उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अवसर पाउनेछन् । यसले नयाँ बजारको खोजीमा रहेका व्यवसायहरूलाई राम्रो मौका दिनेछ ।


२. सञ्जाल विस्तार र साझेदारीको अवसरः
 लम्कीचुहा महोत्सव तथा व्यापार मेला २०८१ ले यस क्षेत्रका व्यापारीको व्यापारिक सञ्जाललाई बलियो बनाउन विशेष भूमिका खेल्नेछ । लम्कीचुहा उद्योग वाणिज्य संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक साझेदारहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने योजना बनाएको छ ।


३. पर्यटन प्रवर्द्धनः
 लम्कीचुहा नगरपालिका आफ्नो पर्यटकीय महत्वका लागि पनि परिचित छ । यस महोत्सवको अर्को महत्वपूर्ण उद्देश्य भनेको यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावनाहरूको प्रवर्द्धन गर्नु हो । यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू जस्तै कर्णाली चिसापानी पुल, टीकापुर पार्क, नगर उद्यान, कैलाशधाम तिर्थस्थल बल्चौर, चिसापानी राजकाँडा जोड्ने निर्माणधिन जालपादेवी केवुलकार, घोडाघोडी ताल, चुरे पहाड र स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गरिनेछ ।


४. भवन निर्माण
लम्की महोत्सव २०८१ बाट प्राप्त रकमले उद्योग वाणिज्य संघको सुबिधा सम्पन भवन निर्माण गरीने छ साथै सो भवनमा बिभीन्न ब्यवसायका विषयगत समिती हरुलाई कार्यलय संञ्चालका लागी आवश्यक प्रबन्ध मिलाईने छ ।

 

 

लम्कीचुहा क्षेत्रका पर्यटकीय आकर्षणहरू


१.कर्णाली चिसापानी  
  कर्णाली चिसापानी क्षेत्र नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो । यो क्षेत्र विशेष गरी कर्णाली नदी र चिसापानी पुलका लागि प्रख्यात छ, जहाँ पर्यटकहरू प्रायः प्राकृतिक सौन्दर्य, नदी दृश्य, र वन्यजन्तु अवलोकनका लागि पुग्ने गर्छन् । चिसापानी पुल नेपालको लामो पुलहरूमध्ये एक हो, जसले कैलाली र बर्दिया जिल्लालाई जोड्छ । यो स्थान कर्णाली नदीमाथि रहेको प्रमुख पुल भएकाले यहाँबाट नदी र वरपरको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरू आकर्षित हुन्छन् ।


कर्णाली नदी नेपालकै एक प्रमुख नदी हो, जसले यो क्षेत्रमा अद्वितीय पर्यावरणीय महत्त्व प्रदान गर्दछ। यहाँ कयौं प्रकारका चराचुरुंगी, माछा, र अन्य जलजीवहरू पाइन्छन्। साथै, चिसापानी क्षेत्र बर्दियामा राष्ट्रिय निकुञ्ज र रहेकाले  पर्यटकहरूले निकुञ्जको वन्यजन्तु अवलोकनको अवसर पनि पाउँछन् ।यस क्षेत्रमा विभिन्न साहसिक क्रियाकलापहरू जस्तै जलयात्रा (राफ्टिङ) पनि गर्न सकिन्छ, जसले रोमाञ्चक पर्यटनको अनुभव दिन्छ । कर्णाली चिसापानी क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, र सांस्कृतिक महत्त्वको लागि प्रसिद्ध छ, जसले पर्यटकहरूलाई यहाँ बारम्बार आकर्षित गर्छ ।


२. टीकापुर पार्क
  टीकापुर पार्क नेपालका सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित एक सुन्दर र प्रसिद्ध सार्वजनिक उद्यान हो । यो पार्क विशेष गरी आफ्नो हरियाली, प्राकृतिक सौन्दर्य, र शान्त वातावरणका लागि प्रशिद्ध छ । २०२० मा स्थापित यो उद्यान टीकापुर नगरपालिका भित्र पर्छ र कर्णाली नदीको किनारमा अवस्थित छ । यहाँ स्थानीय बासिन्दा र पर्यटकहरू परिवारसहित पिकनिक गर्न, आराम गर्न, र प्रकृतिमा रमाउन आउँछन् । पार्कमा बच्चाहरूका लागि खेल्ने ठाउँ, सुन्दर बगैंचा, र मनोरम दृश्यहरू पनि छन् । यो स्थान स्थानीय पर्यटनको मुख्य आकर्षणमा पर्छ र पर्यावरणीय महत्वका कारण पनि महत्वपूर्ण छ ।


३. आमपानी सहित चुरे पहाड र वन क्षेत्र
 लम्कीचुहा नगरपालिकाको नजिकै आमपानी क्षेत्र लम्कीचुहाको प्रमुख पर्यटकीय क्षेत्र हो । प्राकृतिक झरनाको र रमणयीय दृश्यको  अवलोकन गर्न आसपासका हजारौं पर्यटक यस आमपानी क्षेत्रमा आउने गर्छन् । त्यस्तै चुरे पहाड प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ, जसको नाम हो राजकाँडा । यस क्षेत्रमा जंगल सफारी, पदयात्रा र वनभोजका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । महोत्सवका दौरान चुरे क्षेत्रको जैविक विविधता र त्यसको संरक्षणका बारेमा जनचेतना फैलाउन विभिन्न कार्यशालाहरू पनि आयोजना गरिनेछन् ।


४. घोडाघोडी ताल
घोडाघोडी ताल पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । सिमसार सूचीमा सूचीकृत यस तालले आफ्नो प्राकृतिक सुन्दरताले पर्यटकहरूलाई लोभ्याउने गर्दछ । ताल वरपरको जैविक विविधता र यस क्षेत्रमा पाइने चराचुरुङ्गीहरूले यसलाई पर्यावरणीय दृष्टिले महत्वपूर्ण बनाएको छ । महोत्सवको एक प्रमुख उद्देश्य भनेको घोडाघोडी तालको प्रचारप्रसार गर्नु र यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न विशेष प्याकेजहरू तयार गर्नु हो । तालको भ्रमणको लागि पर्यटन कम्पनीहरू, गाइडहरू र स्थानीय होटल व्यवसायीहरूले आआफ्ना सेवा प्रदर्शनी गर्न सक्छन् ।


५. सांस्कृतिक सम्पदा
 लम्कीचुहाको प्रमुख विशेषता भनेको यहाँका विभिन्न जातजातिहरूको विविध सांस्कृतिक धरोहर हो । यहाँका थारू, मगर, र अन्य समुदायहरूले मनाउने चाडपर्व र सांस्कृतिक कार्यक्रमहरूले यस नगरपालिकालाई सांस्कृतिक रुपमा समृद्ध बनाएको छ । महोत्सवमा यी विविध संस्कृतिहरूको झाँकी, नृत्य, गीत र कला प्रदर्शन गरिनेछ, जसले गर्दा पर्यटकहरूलाई यहाँको संस्कृति नजिकबाट अनुभव गर्न अवसर मिल्नेछ ।


व्यापारिक अवसरहरू
लम्कीचुहा महोत्सव तथा व्यापार मेला २०८१ ले स्थानीय र राष्ट्रिय स्तरका व्यापारीहरूलाई आफ्नो उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ । यसले निम्न क्षेत्रहरूमा व्यापारिक सम्भावनाहरूलाई प्रवर्द्धन गर्नेछ,
१. कृषि उत्पादनहरूः
 कैलाली क्षेत्र आफ्नो उर्वर भूमिका कारण कृषि उत्पादनमा अग्रणी रहेको छ । यस महोत्सवमा कृषकहरूले अन्न, तरकारी, फलफूल, र जैविक उत्पादनहरूको प्रदर्शनी गर्नेछन् । स्थानीय उत्पादनको गुणस्तर सुधार गर्ने र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजना यस महोत्सवको एक हिस्सा हुनेछ ।

 


२. हस्तकला र स्थानीय उत्पादनहरूः
 स्थानीय हस्तकलाका सामानहरू जस्तै थारू समुदायको परम्परागत कलाकृति, माटोका भाँडाहरू, कपडाहरू, र अन्य स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिनेछ । यसले स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्नेछ भने व्यवसायीहरूले आफ्नो उत्पादनलाई नयाँ बजारमा स्थापित गर्न सहयोग प्राप्त गर्नेछन् ।


३. पर्यटन सेवा उद्योगः
 होटल, ट्राभल एजेन्सी, र अन्य पर्यटन सेवाका प्रदायकहरूले आफ्नो सेवा र सुविधाहरूको प्रचार प्रसार गर्न सक्नेछन्। घोडाघोडी ताल र चुरे पहाडको पर्यटन विकासमा यी सेवाहरूले महत्वपूर्ण योगदान पु¥याउन सक्छन् ।


कार्यक्रमहरूको प्रारूप


 महोत्सवको दौरान विभिन्न व्यापारिक प्रदर्शनीहरू, सांस्कृतिक कार्यक्रमहरू, कार्यशालाहरू, र छलफलका कार्यक्रमहरू आयोजना गरिनेछन् । यस महोत्सवको प्रारूप निम्नानुसार हुनेछः
१. व्यापारिक प्रदर्शनीहरूः
  व्यापारी, उद्यमी, र अन्य सहभागीहरूले आफ्नो उत्पादन तथा सेवाहरूको प्रदर्शनी गर्नेछन् । यसमा कृषि, हस्तकला, निर्माण, पर्यटन, र सेवा उद्योगहरूका स्टलहरू रहनेछन् ।
२. गोष्ठी र कार्यशालाहरूः
  व्यापारिक प्रवर्द्धन, नवीनतम प्रविधि, र व्यापारिक रणनीतिहरूका बारेमा कार्यशालाहरू र गोष्ठीहरू आयोजना गरिनेछन् । स्थानीय उद्यमीहरूलाई नयाँ प्रविधिको जानकारी गराइनेछ र उनीहरूलाई प्रतिस्पर्धात्मक बजारमा अगाडि बढ्न मद्दत पु¥याइनेछ ।


विशेष आकर्षणहरू


१. सांस्कृतिक कार्यक्रमहरूः
 महोत्सवको दौरान स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । थारू, मगर, र अन्य समुदायका सांस्कृतिक झाँकी, नृत्य, तथा लोक गीतहरूको प्रदर्शनले कार्यक्रमलाई जीवन्त बनाउनेछ ।
२.थारु गाँउ÷मगर गाँउ
थारु तथा मगर समुदायका कला सस्कृती,भेषभुषा,पहिचानका साथै खानाका परिकार प्रद्र्धशनी रहनेछन् ।  
३. पुरस्कार र सम्मान कार्यक्रमः
  महोत्सवमा उत्कृष्ट व्यापारिक सहभागिता र नव परिवर्तन गर्ने उद्यमीहरूलाई सम्मानित गरिनेछ । यसले व्यापारिक समुदायलाई थप प्रेरित गर्नेछ ।
अपेक्षित परिणामहरू
१. व्यापार वृद्धिः

यस महोत्सवको आयोजनाले स्थानीय उत्पादन र सेवाहरूलाई नयाँ बजारसम्म पु¥याउने अवसर प्रदान गर्नेछ । यसले व्यापारीहरूलाई व्यापारिक सञ्जाल विस्तार गर्न सहयोग गर्नेछ ।
२. पर्यटनको विकासः
  पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धनले लम्कीचुहा नगरपालिकामा पर्यटन प्रवाह बढ्नेछ, जसले गर्दा होटल, ट्राभल एजेन्सी, र अन्य पर्यटन सेवाका उद्योगहरूमा वृद्धि हुनेछ ।

 

 

 

 

 

 

 

 

आयोजक ः लम्कीचुहा उद्योग वाणिज्य संघ,लम्की, कैलाली


टाईटल प्रयोजक ः रु ७,००,०००l-.


प्रायोजक सम्बन्धी


ड्ड    महोत्सव मुख्य प्रर्बधक रु.    ६,००,०००÷–
ड्ड    महोत्सव मुख्य प्रायोजक रु.   ५,००,०००÷–
ड्ड    महोत्सव प्रर्बधक रु.         ३,५०,०००÷–
ड्ड    महोत्सवको प्रायोजक रु.      ३,००,०००÷–
ड्ड    महोत्सवको सह–प्रायोजक रु.    २५,०००÷–
ड्ड    टिकट प्रायोजक रु.          ६०,०००।


महोत्सव भित्रका विभिन्न स्थल प्रायोजन


ड्ड    हस्तकला प्रदर्शनी                                     रु. १०,०००÷–
ड्ड    प्रवेशद्धार                                                रु. ५०,०००÷–
ड्ड    निकाशद्धार                                              रु. २५,०००÷–
ड्ड    अटोमोवाइल                                             रु. २०,०००÷–
ड्ड    रमाइलो मेला                                            रु. १०,००,०००÷–
ड्ड    व्यानर प्राँयोजन                                          रु. १०,०००÷
                        
मुख्य प्रायोजक,प्रायोजक र सह–प्रायोजकका लागी उपलब्ध गराइने सेवा तथा सुविधाहरु    


ड्ड    अफिसियल, मिडिया, एफ.एम. तथा पत्र पत्रिकाहरुबाट प्रचारप्रसार गराईने ।
ड्ड    होडिङ्ग बोर्डहरु निःशुल्क राख्न पाइने ।
ड्ड    सुरक्षा प्रदान गरिने ।
ड्ड    मुख्य प्रायोजक र सह–प्रायोजकलाई आवश्यक परे एउटा स्टल उपलब्ध गराइने ।
ड्ड    टेलिफोन, पिउने पानी, शैचालय र पाकिङ्गको व्यवस्था ।
ड्ड    करिब तीन लाख अवलोकन कर्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने ।
ड्ड    प्रमाण–पत्रप्रदान गरिने ।

स्टलको संख्या वनावट र व्यवस्थापन
ड्ड    २०० देखी २५० सम्म स्टलको व्यवस्था गरिने ।
ड्ड    प्रत्येक स्टलमा बिजुलिको व्यवस्था ।
ड्ड    टिनको छाना सहित १० फिट लम्बाई १० फिट चौडाई ।

प्रदर्शककालागी सुबिधाहरु ः
ड्ड    पिउने पानी
ड्ड    सुरक्षाको उचित प्रवन्ध
ड्ड    टेलिफोन सुबिधा
ड्ड    शौचालय सुबिधा
ड्ड    सहभागिताको प्रमाण पत्र
ड्ड    उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था

ड्ड    महोत्सवको विवरण
ड्ड    महोत्सव अवधिः– ११ दिन
ड्ड    महोत्सव स्थलः– लम्की स्थीत टीकापुर रोडको पश्चिम पट्टी महोत्सव स्थल,लम्की कैलाली
ड्ड    महोत्सव अवलोकन गर्ने समयः– बिहान १०ः०० बजे देखि ६ः०० बजे सम्म

 

 


महोत्सवको टिकट दर
ड्ड    प्रतिव्यक्ति रु. १००l मात्र
ड्ड    विद्यार्थिकालागी रु ८०l
ड्ड    सिजनल टिकट रु. ५००l

महोत्सवमा प्रतिवन्धित कार्यहरु
ड्ड    नेपाल सरकारबाट वञ्चित गरिएका कार्यहरु

 

 

 


मूल आयोजक समिति
लम्की महोत्सव–२०८१

 

 

 

 

 

प्रतिकृया दिनुहोस