किसान बहुउद्देश्यीय सहकारीद्वारा सदस्यलाई ४ लाख ३७ हजार ७ सय ९६ रूपैयाँ सुविधा वितरण कार्यक्रम सम्पन्न
लम्की / किसान बहुउद्देश्यीय सहकारी संस्थाले सुविधा वाफत एक जना सेयर सदस्यलाई रू.४ लाख ३७ हजार ७ सय ९६ रूपैयाँ बराबरको रकम चेक मार्फत मंगलबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, लम्की शाखा अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थित नगरमा रहेको केन्द्र २२२० का शेयर सदस्य सुनिता डगाैरा थारूकाे केही समय अघि मृत्यु भएपछी उहाँका श्रीमान श्यामबहादुर डगाैरालाई सदस्य सुरक्षण काेषबाट सुविधा वाफत रू.४ लाख ३७ हजार ७ सय ९६ रूपैयाँ बराबरको रकम चेक मार्फत मंगलबार श्रद्धाञ्जली कार्यक्रमकाे आयोजना गरी हस्तान्तरण गरिएको हाे ।
किसान बहुउद्देश्यीय सहकारी संस्था टीकापुर इलाका प्रमुख गाेरख बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन संस्थाका फिल्ड सहायक चित्रलेखाचन्द बटालाले गर्नु भएको थियो । कार्यक्रममा सहकारी संस्थाका लम्की शाखा प्रमुख कमल बहादुर काेलीले संस्था र संस्थाले सदस्यलाई दिईरहेकाे सेवासुविधाकाे वारेमा प्रकाश पार्नु भएको थियो । श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रममा सहकारी संस्थामा आबद्ध सेयर सदस्यहरू, सहकारी संस्थामा आबद्ध महिला समूहका सदस्य, स्थानीय समाजसेवी बुद्धिजीवी लगायतकाकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले स्वर्गीय थारूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। यसै अवसरमा सहकारीले आफ्ना सदस्य स्वर्गीय सुनिता डगाैरा थारूका परिवारलाई नियमअनुसार प्रदान गरिने सुविधा रकम हस्तान्तरण गरेको जनाएको छ। वक्ताहरूले सहकारीले सदस्यहरूको दुःख–सुखमा साथ दिने परम्परा उदाहरणीय रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले आपसी एकता र सहयोग भाव बढाउने बताएका छन ।
यसैबीच पछिल्लो समय बढ्दै गएको जलवायु सम्बन्धि असरका कारण वातावरणमा परेकाे प्रभावलाई न्यूनीकरण गर्न सहकारी संस्थाले मृतक सदस्यकाे सम्झना स्वरूप उहाँको घरआगनमा एउटा लिच्चीकाे बिरुवा समेत राेपेकाे छ ।











प्रतिकृया दिनुहोस